राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रसको घटना गम्भीर विषय भएको सत्ता गठबन्धनको निष्कर्ष « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रसको घटना गम्भीर विषय भएको सत्ता गठबन्धनको निष्कर्ष


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता गठबन्धन दलले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको परिणामाका बिषयमा प्रारम्भीक छलफल गर्दै कोशी प्रदेशमा भएको फ्लोर क्रसको घटना गम्भीर चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कोशी प्रदेशमा सत्तापक्षीय दलले एक सिट गुमाएको र अन्य प्रदेशको नजिताका विषयमा छलफल भएको जानकारी दिए ।

कोशी प्रदेशको नतिजाले गठबन्धनभित्र कुनै प्रतिकूल प्रभाव नपार्ने पनि उनले बताए । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै उनले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

राष्ट्रियसभाका अध्यक्ष चयन, भावी राजनीतिक एजेण्डालगायतका विषयमा पछि बैठकमा छलफल हुने लेखकले बताए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको