मन्त्री हेरफेरबारे नीति महाधिवेशपछि मात्र निर्णय गर्ने कांग्रेसको अडान « Khabarhub

मन्त्री हेरफेरबारे नीति महाधिवेशपछि मात्र निर्णय गर्ने कांग्रेसको अडान


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मन्त्रीहरुको हेरफेरबारे नीति महाधिवेशनपछि मात्र निर्णय गर्ने अडान लिएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले तत्काल आफ्ना मन्त्रीहरु हेरफेर बारे निर्णय नगर्ने बताएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेरबारे कुरा उठाएका थिए । उनले यसविषयमा थप छलफल गरेर निर्णय गनृ कांग्रेसलाई आग्रह गरेका छन् ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग पनि प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर बारे छलफल गरेका छन् ।

आजको बैठकमा गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक विषय भएको निष्कर्ष निकालेको छ ।

कोशी प्रदेशको नतिजाले गठबन्धनभित्र कुनै प्रतिकूल प्रभाव नपार्ने नेताहरुले बताएका छन् । कोशीको विषय प्रधानमन्त्री वा कांग्रेस सभापतिको मात्रै नभएर गठबन्धनका सबैको सरोकारको विषय भएको भन्दै कांग्रेस नेता रमेश लेखकले यसमा कसैलाई दोष दिन नहुने उल्लेख गरे ।

यो पनि…

राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रसको घटना गम्भीर विषय भएको सत्ता गठबन्धनको निष्कर्ष

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ३३ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै