कृषि उत्पादन प्रदेश सरकाको पहिलो प्राथामिकता : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

कृषि उत्पादन प्रदेश सरकाको पहिलो प्राथामिकता : मुख्यमन्त्री जम्कट्टेल


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताएका छन् ।

रिपोर्टस क्लब मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकार महासङ्घ पनि उक्त अभियानलाई गतिशील बनाउनतर्फ लाग्नुपर्ने उनले उल्लेख गरे ।

प्रदेशका सबै जिल्लामा कृषि उत्पादनलाई प्राथमिकता दिएर किसानलाई बढीभन्दा बढी सहभागी गराउन प्रदेश सरकारले कार्यक्रम अघि बढाएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा आर्थिक समृद्धि तथा पूर्वाधार निर्माणमा जोड दिन प्रदेश सरकारले नयाँ नीति तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गर्दै उनले राष्ट्रियता र प्रजातन्त्रको सम्वर्द्धनका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला, नेपाल पत्रकार महासङ्घ बागमतीका पूर्वअध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि सबै सञ्चारकर्मी एक हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ४६ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको