कृषि उत्पादन प्रदेश सरकाको पहिलो प्राथामिकता : मुख्यमन्त्री जम्कट्टेल | Khabarhub Khabarhub

कृषि उत्पादन प्रदेश सरकाको पहिलो प्राथामिकता : मुख्यमन्त्री जम्कट्टेल


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताएका छन् ।

रिपोर्टस क्लब मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकार महासङ्घ पनि उक्त अभियानलाई गतिशील बनाउनतर्फ लाग्नुपर्ने उनले उल्लेख गरे ।

प्रदेशका सबै जिल्लामा कृषि उत्पादनलाई प्राथमिकता दिएर किसानलाई बढीभन्दा बढी सहभागी गराउन प्रदेश सरकारले कार्यक्रम अघि बढाएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा आर्थिक समृद्धि तथा पूर्वाधार निर्माणमा जोड दिन प्रदेश सरकारले नयाँ नीति तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गर्दै उनले राष्ट्रियता र प्रजातन्त्रको सम्वर्द्धनका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला, नेपाल पत्रकार महासङ्घ बागमतीका पूर्वअध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि सबै सञ्चारकर्मी एक हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ४६ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु