देश/प्रदेश

दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

By खबरहब

January 30, 2024

काठमाडौं । नेपाली काग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान दोलखामा स्थगित भएको छ । केन्द्रीय प्रतिनिधि डा चन्द्र मोहन यादवसहित जिल्ला कार्यसमिति बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

चिसो मौसमका कारण वडा स्तरमा कार्यक्रमका लागि जान नसक्ने अवस्था आएपछि अभियान स्थगित गरिएको जिल्ला सभापति बर्मा लामाले जानकारी दिए ।

जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने तथा समुदायसँग अन्तरसंवाद गर्ने उद्देश्यले कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको हो ।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।