जनताका समस्या सम्बोधनमा केन्द्रित हुनुपर्छ : महामन्त्री थापा | Khabarhub Khabarhub

जनताका समस्या सम्बोधनमा केन्द्रित हुनुपर्छ : महामन्त्री थापा


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन्।

समुदायमा कांग्रेस अभियानका क्रममा धनुषाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किनेक्रममा आज जनकपुरधाम विमानस्थलमा महामन्त्री थापाले स्थानीय आवश्यकताअनुसार फरकफरक माग रहे पनि व्यवस्थाका विषयमा हल्ला गरिएजस्तो अवस्था नरहेको बताए । उनले सरकार र पार्टीले जनतासामु गरेका वाचा पूरा गर्न थप उत्तरदायी हुनुपर्ने बेला निराशाका कुरा मात्रै गर्न नहुने बताए ।

“समुदायमा कांग्रेस अभियान भर्खरै सुरु भएको छ । म झापाबाट जनकपुर पुग्दासम्म स्थानीय आवश्यकताअनुसार फरकफरक माग र मुद्दा छन् र अहिलेको व्यवस्थाका विषयमा जताततै निराशा र अँध्यारो मात्रै छ भन्ने गरिएजस्तो छैन”, महामन्त्री थापाले भने, “यही व्यवस्थालाई सुधार गर्दै दलहरुले हिजोका दिनमा गरेका वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ । त्यसैले ती अपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने आवश्यकता महसुस भएको छ ।”

उनले व्यवस्थाको चिन्ता गर्नेभन्दा जनताका तत्कालीन र दीर्घकालीन समस्या सम्बोधनमा केन्द्रित हुन पनि सरकार र पार्टीलाई आग्रह गरे । उनले भने, “जाजरकोट भूकम्प, झापामा हात्ती आतङ्क, धनुषा र सिरहामा कमला नदीमाथि बन्दै गरेको पुलको दुर्दशा, मधेसका युवामा लागुऔषध दुव्यर्सनीको समस्याजस्ता थुप्रै मुद्दा छन् । अहिले माघको चिसोमा ती विषयमा चिन्ता गर्नुपर्ने हो । त्यसैले सरकारलाई अरु विषयमा नअल्झेर जनताका मुद्दामा केन्द्रित हुन म विशेष आग्रह गर्दछु ।”

यसअघि नेता थापाले सहिदनगर नगरपालिका–३, यदुकुहामा सहिद कामेश्वर मण्डल, कुशेश्वर यादवको सालिकमा माल्यार्पण र कार्यक्रमलाई सम्बोधन, औरही गाउँपालिकालगायतका स्थानमा पुगेर जनताका गुनासा सुनेका थिए ।

अभियानका क्रममा माघ १३ गते पूर्व झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेको महामन्त्री थापा माघ २६ गते पश्चिम कञ्चनपुर पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३९ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार