जनताका समस्या सम्बोधनमा केन्द्रित हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

जनताका समस्या सम्बोधनमा केन्द्रित हुनुपर्छ : महामन्त्री थापा


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन्।

समुदायमा कांग्रेस अभियानका क्रममा धनुषाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किनेक्रममा आज जनकपुरधाम विमानस्थलमा महामन्त्री थापाले स्थानीय आवश्यकताअनुसार फरकफरक माग रहे पनि व्यवस्थाका विषयमा हल्ला गरिएजस्तो अवस्था नरहेको बताए । उनले सरकार र पार्टीले जनतासामु गरेका वाचा पूरा गर्न थप उत्तरदायी हुनुपर्ने बेला निराशाका कुरा मात्रै गर्न नहुने बताए ।

“समुदायमा कांग्रेस अभियान भर्खरै सुरु भएको छ । म झापाबाट जनकपुर पुग्दासम्म स्थानीय आवश्यकताअनुसार फरकफरक माग र मुद्दा छन् र अहिलेको व्यवस्थाका विषयमा जताततै निराशा र अँध्यारो मात्रै छ भन्ने गरिएजस्तो छैन”, महामन्त्री थापाले भने, “यही व्यवस्थालाई सुधार गर्दै दलहरुले हिजोका दिनमा गरेका वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ । त्यसैले ती अपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने आवश्यकता महसुस भएको छ ।”

उनले व्यवस्थाको चिन्ता गर्नेभन्दा जनताका तत्कालीन र दीर्घकालीन समस्या सम्बोधनमा केन्द्रित हुन पनि सरकार र पार्टीलाई आग्रह गरे । उनले भने, “जाजरकोट भूकम्प, झापामा हात्ती आतङ्क, धनुषा र सिरहामा कमला नदीमाथि बन्दै गरेको पुलको दुर्दशा, मधेसका युवामा लागुऔषध दुव्यर्सनीको समस्याजस्ता थुप्रै मुद्दा छन् । अहिले माघको चिसोमा ती विषयमा चिन्ता गर्नुपर्ने हो । त्यसैले सरकारलाई अरु विषयमा नअल्झेर जनताका मुद्दामा केन्द्रित हुन म विशेष आग्रह गर्दछु ।”

यसअघि नेता थापाले सहिदनगर नगरपालिका–३, यदुकुहामा सहिद कामेश्वर मण्डल, कुशेश्वर यादवको सालिकमा माल्यार्पण र कार्यक्रमलाई सम्बोधन, औरही गाउँपालिकालगायतका स्थानमा पुगेर जनताका गुनासा सुनेका थिए ।

अभियानका क्रममा माघ १३ गते पूर्व झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेको महामन्त्री थापा माघ २६ गते पश्चिम कञ्चनपुर पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३९ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन