अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली भारत भ्रमणमा « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली भारत भ्रमणमा


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली अध्ययन भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेको छ ।

समिति सभापति राजकिशोर यादवको नेतृत्वमा ११ सदस्यीय टोली मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली पुगेको हो । दिल्लीमा भारतका चीफ ऑफ प्रोटोकॉल र भारतीय संसदका सहसचिवले नेपाली टोलीलाई स्वागत गरेका थिए ।

भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा नयाँ दिल्ली पुगेको टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्ने छ ।

संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै त्यहाँका सभामुख, विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।

टाेलीमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा