सातौँ व्यास अल्ट्रा म्याराथनमा सेनाको वर्चस्व « Khabarhub

सातौँ व्यास अल्ट्रा म्याराथनमा सेनाको वर्चस्व


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् ।

सहिद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आज आयोजित अल्ट्रा म्याराथनको उपाधि जर्सी नम्बर ५० का खड्काले जितेका हुन् ।

चवालीस किलोमिटर दूरीको म्याराथन तीन घण्टा १८ सेकेण्डमा पूरा गर्दै खड्काले उपाधि जितेका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चस्व कायम गरेका छन् ।

प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा दुई मिनेट ३३ सेकेण्डमा पूरा गरे । नेपाली सेनाका करण रावत तृतीय हुँदा उनले उक्त दूरी तीन घण्टा १० मिनेट ३० सेकेण्डमा पूरा गरे।

त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्बा चौथो, त्रिभुवन आर्मीकै प्रताप खड्का पाँचौँ, सोलुखुम्बुका अर्जुन राई छैटौँ र त्रिभुवन आर्मी क्लवका तिलक सुनुवार सातौँ भएका छन् ।

उनीहरुले उक्त दूरी क्रमशः तीन घण्टा १७ मिनेट २४ सेकेण्ड, तीन घण्टा १९ मिनेट ३० सेकेण्ड, तीन घण्टा २१ मिनेट तीन सेकेण्ड र तीन घण्टा २४ मिनेट ४६ सेकेण्डमा पूरा गर्नुभएको युवा तथा खेलकुद शाखा प्रमुख नवीन पराजुलीले जानकारी दिए । म्याराथनमा दुई विदेशीसहित एक सय १७ धावकको सहभागिता थियो ।

अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पुरस्कार वितरण गरेका थिए ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेँसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो ।

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए। चवालीस किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेण्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका थिए । त्यस्तै व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय भए।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ०५ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान