पार्टीभित्र वैचारिक बहस आवश्यक : माधव नेपाल « Khabarhub

पार्टीभित्र वैचारिक बहस आवश्यक : माधव नेपाल


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पु-याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताए ।

पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने उल्लेख गर्दै उनले भने, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने र विधानलाई बलियो बनाउने काम गरेका छौँ ।”

पार्टीको विधानले ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिताको व्यवस्था सुनिश्चित गरेको जानकारी दिँदै अध्यक्ष नेपालले पार्टी सङ्गठनप्रति युवा आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उनले भने, “जति पनि कम्युनिष्ट पार्टी छन् तिनले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन् ।”

सङ्गठनकी अध्यक्ष एवं पार्टी उपाध्यक्ष जयन्ती राईले सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन महिला अधिकारलाई संरक्षण गर्न आर्थिक सशक्तिकरणमा जोड दिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ४७ बजे

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर