पार्टीभित्र वैचारिक बहस आवश्यक : माधव नेपाल « Khabarhub

पार्टीभित्र वैचारिक बहस आवश्यक : माधव नेपाल


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पु-याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताए ।

पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने उल्लेख गर्दै उनले भने, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने र विधानलाई बलियो बनाउने काम गरेका छौँ ।”

पार्टीको विधानले ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिताको व्यवस्था सुनिश्चित गरेको जानकारी दिँदै अध्यक्ष नेपालले पार्टी सङ्गठनप्रति युवा आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उनले भने, “जति पनि कम्युनिष्ट पार्टी छन् तिनले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन् ।”

सङ्गठनकी अध्यक्ष एवं पार्टी उपाध्यक्ष जयन्ती राईले सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन महिला अधिकारलाई संरक्षण गर्न आर्थिक सशक्तिकरणमा जोड दिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ४७ बजे

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको