अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन « Khabarhub

अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय हास्यकलाकार कपिल शर्मा  ‘द ग्रेट इन्डियन कपिल शो’ लिएर आउँदैछन् । टिमका पुराना सदस्य सुनील ग्रोभर (डा. गुलाटी)को पुनरागमनले दर्शक उत्सुक छन् ।

शोको ट्रेलर सार्वजनिक भइसकेको छ । यस पटक भने शो टेलिभिजनबाट नभइ ओटीटीबाट प्रसारण हुने भएको छ । सुनीलको पुनरागमनसँगै जजमा नवजोतसिंह सिद्दुलाई हेर्ने दर्शकको चाहना भने पूरा नहुने भएको छ । जजमा अर्चना पुरन सिंह नै तय भएको छ ।

अर्चना तीनै जज हुन् जो सिद्दु राजनीतिक कारणले सोबाट निकालिएपछि उनले स्थान पाएकी थिइन् । कमजोर ‘जोक’मा चर्को हाँसोका कारण उनी आलोचितसमेत भएकी थिइन् ।

उनले यसबारे मुख खोलेकी थिइन् । नायिकाका रुपमा चर्चित हुने इच्छा भए पनि आफू सोच्दै नसोचेको हाँसोका कारण चर्चित बनेको उनको भनाइ छ । हाँस्ने कामले नै पैसा कमाउने बताउँदै उनी ठट्टा गर्छिन्, ‘मसँग संसारकै सबैभन्दा राम्रो काम छ । म प्रायः मुस्कुराउँदै बैंक जान्छु ।’

कमजोर जोकमा चर्को हाँसोको दोष भने उनले भिडियो सम्पादकलाई दिइन् । सो कारणले दर्शकबाट विश्वास गुमाएको र आलोचनाको शिकार हुनुपरेको उनले बताइन् ।

उनी थप्छिन्, ‘धेरै पटक मानिसहरूले मलाई कमजोर जोकमा चर्को स्वरमा कसरी हाँसेको भनेर सोध्ने गर्थे । तर त्यसलाई सम्पादन गरिएको थियो । शोका सम्पादकले नराम्रो मजाकमा पनि मेरो हाँसो थप्ने गर्दथे ।’

यद्यपि आफू सशक्त जोकमा मात्रै खुलेर हाँस्ने उनले स्पष्टीकरण दिइन् । आगामी दिनमा पनि आफ्नो यही जिम्मेवारीलाई निरन्तरता दिने उनले प्रतिबद्धतासमेत जनाइन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ४६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण