इलाम–२ मा कुन दलका उम्मेदवार को ? « Khabarhub

इलाम–२ मा कुन दलका उम्मेदवार को ?


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा दलहरूले उम्मेदवार छान्ने क्रम जारी रहेको छ ।

अहिलेसम्म नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राप्रपा र पहिचान पक्षधरले उम्मेदवारको घोषणा गरिसकेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र उम्मेदवारको टुंगो लगाउने गृहकार्यमा रहेका छन् ।

नेकपा एमालेले तत्कालीन संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । यस्तै, रास्वपाले मिलन लिम्बु, राप्रपाले लक्ष्मी गुरुङ र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

यसैगरी, कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । यता, जनमत पार्टीले ‘किरात लिम्बूवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदीप लिम्बूलाई उम्मेदवार तय गरेको छ ।

अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ । यी दुई दल उम्मेदवार चयनको आन्तरिक गृहकार्यमा रहेका छन् । कांग्रेसले आगामी मंगलबार उम्मेदवार घोषणा गर्ने जनाए पनि माओवादी केन्द्र भने अझै अलमलमा रहेको छ ।

२०७९ सालको आमनिर्वाचनमा इलाम–२ बाट निर्वाचि एमाले सांसद सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

२०७९ को निर्वाचनमा दलहरूको स्थिति

२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

त्यस्तै रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १ हजार ३६३,  राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १ हजार २७२, जसपाका यम प्रसाद लिम्बुले ७२४, राप्रपाका गणेश प्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै राप्रपाले १ हजार १९१, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ३९ बजे

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका