त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु « Khabarhub

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ गुडेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।

ट्याक्सीमा कति यात्रु सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली उद्धारमा खटिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको