त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु « Khabarhub

त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट गोरखातर्फ गुडेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।

ट्याक्सीमा कति यात्रु सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली उद्धारमा खटिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ४४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको