ट्याक्सी दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान « Khabarhub

ट्याक्सी दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिशूली नदी ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् ।

ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवश रोकाय छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली नादीमा खसेको थियो ।

यो पनि…
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ४३ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६