हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

एक्लै बस्दै आएकी छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला गएराति १२ बजेतिर हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा मायालाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । शिवसताक्षी नगरपालिका–११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा चैत १४ गते साँझ दाउरा लिन गएका शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।

झापामा यस वर्ष हात्तीको आक्रमणबाट सात जनाको मृत्यु भइसकेको छ भने सात जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ३९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार