कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल « Khabarhub

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् ।

कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ ।  चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजङ्घा क्षेत्रमा ६ सय ५० जान बाह्य पर्यटक आएको उनले बताए ।

आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ३७ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई