बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको बताउँदै निकुञ्जभित्र अहिले वनपथ चालु अवस्थामा रहेको जानकारी दिए। 

निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेल्न सक्ने योजनामा निकुञ्ज रहेको संरक्षण अधिकृत शाहको भनाइ छ । 

प्रमुख संरक्षण अधिकृत शाहले पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसेमैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको जानकारी दिए। स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनको कामलाई केन्द्रमा राखिएको उनको भनाइ छ । 

दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

    बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय हुनुपर्नेमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् । शुक्रबार निकुञ्ज परिसरमा गरिएको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायतले एकापसमा समन्वय गर्न जोड दिएका हुन् । 

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले आन्तरिक तथा बाह्य पर्यटकका लागि एयरपोर्ट र होटेल बसाइका लागि बर्दियाभन्दा बाँके राष्ट्रिय निकुञ्ज नै सबैभन्दा नजिक र पायक पर्ने स्थानमा भएको हुँदा बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । 

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताएका थिए। पर्यटन प्रवर्द्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि केन्द्रीय सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताए। 

कार्यक्रममा फ्रेन्ड फर वाइल्डलाइफ कन्जरभेसनका राष्ट्रिय अध्यक्ष आशिष चौधरीले घरबासमा अर्ग्यानिक कुरा प्रत्युत्पादन गर्न आवश्यक रहेको बताए। रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताए । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्नेमा उनले सुझाव दिए । 

कार्यक्रममा बाँकेका घरबास व्यवसायी, होटल व्यवसायी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति उज्ज्वल थापा, विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वन समुहका पदाधिकारी, निकुञ्जका कर्मचारी, संरक्षणकर्मीलगायतको सहभागिता थियो । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : ५४ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर