पीडितमैत्री कानून नभए टीआरसी विधेयक पारित हुँदैन : शेखर कोइराला | Khabarhub Khabarhub

पीडितमैत्री कानून नभए टीआरसी विधेयक पारित हुँदैन : शेखर कोइराला


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने बताएका छन् । उनले पीडित मैत्री कानून भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे ।

उनले गठबन्धन नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको दाबी छ । 

शनिबार काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६ औँ वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने समेत दाबी गरे । 

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरे मात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाको भनाइ थियो 

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे ।

उनले भने, ‘हामीहरू गठबन्धनमा जानुहुँदैन । जान्दैनौँ । अबदेखि हामी एक्लै चुनाव लड्छौँ भन्ने प्रण हामी गर्छौँ । ढुक्क हुनुहोस्-नेपाली काँग्रेस अब एक्लै चुनाव लड्छ ।’

नेता कोइरालाले पीडित मैत्री भए मात्रै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे ।

उनले भने–‘सत्य निरूपण तथा मेलमिलापमा नेपाली काँग्रेस लचिलो छ । एमाले अप्ठ्यारो भएको छ । र, त्यो टीआरसी विधेयक भन्छौँ हामी । त्यो पास भएन भने म त अफ्ठ्यारोमा पर्छु भन्ने लागेको हुन सक्छ उहाँलाई । अनि के गर्नु भयो भने एमाले सित त कुरा गर्नुभयो । नेपाली कांग्रेसले मानिहाल्छ भनी ठान्नुभयो । तर आज यही मञ्चबाट म भन्न चाहन्छु–नेपाली काँग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ०७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित