मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला « Khabarhub

मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

ओक्साका– दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ ।

पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा गर्दा दुर्घटनामा परेको अभियोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दुर्घटनामा एक व्यक्ति बाँच्न सफल भएका बताइएको छ ।

प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिहरू आप्रवासनको लागि अमेरिकातर्फ जान लागेको हुनसक्ने देखिएको छ । दुर्घटनाका पीडितहरू एसियाली मूलका भएको विश्वास गरिएको छ ।

सान फ्रान्सिस्को डेल मारको प्लाया भिसेन्टे किनारमा शवहरू फेला परेको र उक्त मार्ग संयुक्त राज्य अमेरिका पुग्न खोज्ने मानिसहरूले बारम्बार प्रयोग गर्ने मार्ग हो । 

हजारौं कागजातविहीन आप्रवासीहरू-प्रायः आफ्नो देशमा हिंसा, अशान्ति र गरिबीबाट भागेर-प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिकी सीमामा पुग्ने प्रयास गर्छन् । आधिकारिक तथ्यांक अनुसार गत वर्ष मेक्सिको पार गर्दा पक्राउ परेका अधिकांश आप्रवासीहरू चीन, भारत र उज्बेकिस्तानलगायतका देशबाट आएका प्ष्टि भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : २२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले