मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोखरेल « Khabarhub

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोखरेल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

मार्क्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोखरेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए।

‘हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । कुन कलासंस्कृतिलाई रक्षा गर्ने भन्ने पनि हेर्नुपर्नेछ’, उनले भने, ‘समाज अगाडि बढाउन उत्प्रेरित गर्ने साहित्य जीवनशील साहित्य हो । त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न आवश्यक  छ ।’

उपमहासचिव पोख्रेलले भने, ‘जुन कला, साहित्य, संस्कृति अहिलेको युग सापेक्ष हुँदैन । वैज्ञानिक हुँदैन । आर्थिकरूपले धान्न नसक्ने हुन्छ । त्यो कला, साहित्य मर्छ । साहित्य, कला, संस्कृति समयानुकूल हुनुपर्छ । अबको साहित्य सिर्जना प्रविधिअनुसार अगाडि बढ्नुपर्छ ।’ उनले समाजमा व्याप्त छाउपडी, छुवाछूतजस्ता विभेदलाई भत्काउन आवश्यक रहेको पनि बताए।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार लोकेन्द्रप्रसाद जोशीले ‘सुदूरपश्चिम र हाम्रो संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने मार्क्सवादी अध्ययन फाउण्डेसनका अध्यक्ष केशवनाथ योगीले कला, साहित्यको प्रभाव र महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी साहित्यकारहरुले कार्यपत्रमाथि आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : ३६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या