आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार | Khabarhub Khabarhub

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार दोस्रो हार


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४०  रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको विशाल लक्ष्य पछाएको नेपाल ए ले १७.५ ओभरमा अल आउट हदै १८४ रन बनाएको थियो ।

नेपालका लागि सर्बाधिक रन देव खनालले बनाए । देव २५ बलमा ४७ रन बनाएर आउट भए । त्यस्तै बसिर अहमदले २७ रन बनाए भने कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५, आरिफ सेखले १४, पवन सराफले १० रन बनाए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ३ विकेट लिए भने फिओन हान्ड र थोमस मायेसले २-२ तथा माथ्यु फोस्टरग्यारेथ डेलानीले एक एक विकेट लिए ।   

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्वाधिक ६५ रन बनाएका थिए । त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए ।

यस अघि शुक्रबार सम्पन्न खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरको थियो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २-० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : ४१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’