कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि हो : उपाध्यक्ष पाण्डे | Khabarhub Khabarhub

कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि हो : उपाध्यक्ष पाण्डे


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताएका छन्  ।

सो पार्टीको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा नवीन प्रविधिका विषयक राष्ट्रिय सम्मेलनमा महासचिव पोखरेलले आधुनिक समयमा सूचना, विज्ञान र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नभएको उल्लेख गरे।

कार्यक्रममा सो पार्टीका महासचिव शङ्कर पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने बताउँदै आफ्नो पार्टीले यस क्षेत्रलाई सधैँ महत्व दिँदै आएको जनाए। विभागका प्रमुख टङ्क कार्कीले आर्टिफिसिएल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका विषयमा बहस गर्नुपर्नेमा जोड दिए।

सो विभागका सचिव सञ्जीव रोकाहाका अनुसार कार्यक्रममा सूर्यबहादुर बस्नेत, रमेश पौडेल, डा झनक पराजुली, विवेक रानाले आर्टिफिसियल इन्टेलिजेन्सका विविध पक्षबारे प्रस्तुतिकरण गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : २४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग