काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने « Khabarhub

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

फिक्कल– उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन् । 

आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उनले भने, ‘रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही संकेत देखाइसकेका छौँ ।’

उनले रास्वपा सरकारमा सहभागी भइसेकेपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरूप सुधार सुरु भइसकेको दाबी गरे। उनले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरू क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताए।

उनले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गरे। 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सो पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्यद्वय डा स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईँले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ५० बजे

कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति

काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले

देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला 

काठमाडौं– नेपाली कांग्रेसको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले पुस २७ र

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा नजाने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

चौतारा– यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

एजेन्सी– उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच