मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

गोरखा– सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका-४ का ४५ वर्षीय शोभाकर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उकालो बाटोमा गाडी चढ्न नसकेपछि  अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो ।

स्कारपियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : ०२ बजे

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता, के-के भए कुराकानी ?

काठमाडौं– नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४