बागमती प्रदेश सरकार विस्तार, एमाले पनि सहभागी « Khabarhub

बागमती प्रदेश सरकार विस्तार, एमाले पनि सहभागी


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्।

प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिएका हुन्।

प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बनेका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्नेछ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : ४१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया