लुम्बिनीमा सामुहिक ध्यान « Khabarhub

लुम्बिनीमा सामुहिक ध्यान


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित लुम्बिनीमा चक्रविज्ञान ध्यान शिविर सुरु भएको छ ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शनिबारदेखि शिविर सुरु भएको हो । कार्यक्रममा देशका ७७ ओटै जिल्ला र विभिन्न २० देशका पाँच हजार भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाएका छन् ।

सात दिन सञ्चालन हुने कार्यक्रममा जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पि भानु शर्मा र रमेश नेपालले चक्र सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक र प्रयोगात्मक कक्षाहरू गराउने आयोजकले बताएको छ ।

आज पहिलो दिन शर्मा र नेपालले सात चक्र मध्ये मुलाधार चक्र सक्रिय बनाउने विधि प्रयोग गरेको थिए । कार्यक्रममा मानिसले जन्मदै लिएर आएका उर्जाका सातओटा केन्द्रहरुलाई सबल र सक्रिय बनाउने वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग गरिनेछ । मानिसको मेरुदण्डको तल्लोभागबाट शिरको माथिल्लो भागसम्म भएका सातओटा चक्रलाई सात दिनमा वैज्ञानिक र प्रयोगात्मक बिधिको प्रयोग गरेर शुद्ध र सक्रिय पारिने बताइएको छ ।

मानिसलाई चलाउने चक्ररुपी उर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको आयोजनकले बताएको छ । यस कार्यक्रमले आध्यात्मिक जागरणको अभियानलाई बृहत बनाउने अपेक्षा आयोजकको छ ।

विगत १३ वर्षदेखि आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जीवन विज्ञानले मानिसमा रहेका स्वास्थ्य, सुख, प्रेम, साहस ज्ञान, ध्यान, शान्ति र आनन्दका सम्भावना खोज्न नेपालभर योग र ध्यानका तीनसय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ११ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,