लुम्बिनीमा सामुहिक ध्यान « Khabarhub

लुम्बिनीमा सामुहिक ध्यान


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित लुम्बिनीमा चक्रविज्ञान ध्यान शिविर सुरु भएको छ ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शनिबारदेखि शिविर सुरु भएको हो । कार्यक्रममा देशका ७७ ओटै जिल्ला र विभिन्न २० देशका पाँच हजार भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाएका छन् ।

सात दिन सञ्चालन हुने कार्यक्रममा जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पि भानु शर्मा र रमेश नेपालले चक्र सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक र प्रयोगात्मक कक्षाहरू गराउने आयोजकले बताएको छ ।

आज पहिलो दिन शर्मा र नेपालले सात चक्र मध्ये मुलाधार चक्र सक्रिय बनाउने विधि प्रयोग गरेको थिए । कार्यक्रममा मानिसले जन्मदै लिएर आएका उर्जाका सातओटा केन्द्रहरुलाई सबल र सक्रिय बनाउने वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग गरिनेछ । मानिसको मेरुदण्डको तल्लोभागबाट शिरको माथिल्लो भागसम्म भएका सातओटा चक्रलाई सात दिनमा वैज्ञानिक र प्रयोगात्मक बिधिको प्रयोग गरेर शुद्ध र सक्रिय पारिने बताइएको छ ।

मानिसलाई चलाउने चक्ररुपी उर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको आयोजनकले बताएको छ । यस कार्यक्रमले आध्यात्मिक जागरणको अभियानलाई बृहत बनाउने अपेक्षा आयोजकको छ ।

विगत १३ वर्षदेखि आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जीवन विज्ञानले मानिसमा रहेका स्वास्थ्य, सुख, प्रेम, साहस ज्ञान, ध्यान, शान्ति र आनन्दका सम्भावना खोज्न नेपालभर योग र ध्यानका तीनसय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ११ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई