अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुन सक्ने डब्ल्युएफपीको चेतावनी « Khabarhub

अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुन सक्ने डब्ल्युएफपीको चेतावनी


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काबुल – विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ । गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको उक्त एजेन्सीले बताएको छ ।

अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ ।” संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले यसअघि सन् २०२३ मा उसले अफगानिस्तानमा सात लाख १५ हजार कुपोषित बालबालिकालाई सहयोग गरेको घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार तालिबान नियन्त्रित अफगानिस्तानमा धेरै परिवार आफ्ना बालबालिकालाई खाना उपलब्ध गराउन असमर्थ छन् । यसका अतिरिक्त तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानले विकराल मानवीय सङ्कटको सामना गरिरहेको रिपोर्टहरूले सङ्केत गरेका छन् । यसले पहिले नै अनिश्चित रहेको अवस्थालाई थप खराब बनाएको छ ।

स्थिरता तथा आधारभूत आवश्यकतामा पहुँचको अभावले विशेषगरी महिला तथा बालबालिकाजस्ता कमजोर समूहमा व्यापक पीडा निम्त्याएको छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट कोषको कमीले अफगानिस्तानमा राहत प्रयासहरूमा धेरै अवरोध उत्पन्न हुँदा लाखौँ मानिसलाई भोकमरीको जोखिममा पारेको छ र उनीहरू आवश्यक मानवीय सहायताबाट बन्चित छन् । यसले मुलुकमा मानवीय स्थिति अझ खराब भएको छ ।

टोलो न्युजका अनुसार चार सय ५० भन्दा धेरै दिन बितिसक्ता पनि अफगानिस्तानमा छात्राहरूका लागि विश्वविद्यालय बन्द छ र पुनः खुल्ने कुनै सङ्केत देखिएको छैन । निराशा व्यक्त गर्दै छात्राहरूले उनीहरूको शैक्षिक प्रगतिमा महत्त्वपूर्ण ढिलाइ भएको बताएका छन् । उनीहरूले तालिबानको कार्यबाहक सरकारसँग यस वर्ष विश्वविद्यालयलाई पुनः खोल्न प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ४३ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र