ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध | Khabarhub Khabarhub

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन् । ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रका समस्याबारेमा अध्ययन गर्नुपर्ने बताए । उनले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गरे ।

ठमेलका स्थानीय सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरवेटीलाई नसमेटेको भन्दै दुःख व्यक्त गरे । उक्त निर्णयले रातको समयमा यहाँका बासिन्दालाई सुत्न समस्या हुने उनले बताए ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयवासीलाई समस्या हुने गरी २४सै घण्टा ठमेललाई खुला गर्न समस्या हुने बताए । उनले २४ सै घण्टा बजार खुलाउन आवश्यक मापदण्ड के हुन् भन्नेबारे पहिले यकिन हुनुपर्ने उल्लेख गरे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा मापदण्डमा समेटेको छ । मापदण्ड बमोजिम कार्य भएरनभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाउने उल्लेख गरेको छ ।

बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई आचारसंहिता तथा मापदण्डमा राखिएको छ ।

याे पनि…

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ५२ बजे

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले