सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई महतको आग्रह « Khabarhub

सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई महतको आग्रह


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कार्यकर्तालाई सङ्गठन बिस्तारमा जुट्न आग्रह गरेका छन् ।

आज नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक विमोचन गर्दै प्रवक्ता महतले पार्टीका गतिविधि वडाहुँदै गाँउटोलसम्म पु-याउन निर्देशन दिए ।

“पार्टी सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्ला तहसम्मका नेतातथा कार्यकर्ता गाँउगाँउमा पुग्नुपर्छ”, उनले भने, “सदस्यता लिएकालाई पार्टीमा टिकाउन, उनीहरुको गुनासो सुन्न र समस्या समाधान गर्न पार्टी सदस्यलाई उनीहरुकै घरमा भेट्न जानसक्नुपर्छ ।”

पछिल्लो समय पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टी प्रतिनिधिले गरेका राम्रा कामको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिए ।

देशको शासन व्यावस्थाको सुधार, संविधान रक्षा र जनताका पक्षमा गर्नुपर्ने काममा कांग्रेसको योगदान विगतदेखि हालसम्म महत्वपूर्ण रहेको उनको भनाइ छ । “पार्टी सरकारमा हुँदा होस वा नहुँदा, जनताको हितमा हुने राम्रो काममा कांग्रेस सधैँ सकारात्मक छ । हिजोका दिनमा जस्तै भोलिका दिनमा पनि जनपक्षीय काममा पार्टी लागि रहन्छ लाग्नुपर्छ”, उनले भने।

उनले यसअघि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गर्ने अभ्यासलाई लयमा ल्याउन र कमजोर अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्न सक्षम भएको बताए । “जनताबाट प्राप्त कर जनताको हितमा खर्चिनुपर्छ भनेर बजेट विनियोजन प्रणालीमा सुधार गरिएको छ”, उनले भने, “राजस्व र वैदेशिक लगानी वृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाइ शेयर बजारलाई सुधार गर्न सक्षम भएका छौँ ।”

अहिलेको सुधारको सङ्केतलाई नियमित बनाउने हो भने देशको अर्थतन्त्र आगामी दिनमा थप बलियो बन्दै मुलुक आर्थिक समृद्धितर्फ लम्कने उनको विश्वास छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ११ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित