सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई महतको आग्रह « Khabarhub

सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई महतको आग्रह


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कार्यकर्तालाई सङ्गठन बिस्तारमा जुट्न आग्रह गरेका छन् ।

आज नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक विमोचन गर्दै प्रवक्ता महतले पार्टीका गतिविधि वडाहुँदै गाँउटोलसम्म पु-याउन निर्देशन दिए ।

“पार्टी सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्ला तहसम्मका नेतातथा कार्यकर्ता गाँउगाँउमा पुग्नुपर्छ”, उनले भने, “सदस्यता लिएकालाई पार्टीमा टिकाउन, उनीहरुको गुनासो सुन्न र समस्या समाधान गर्न पार्टी सदस्यलाई उनीहरुकै घरमा भेट्न जानसक्नुपर्छ ।”

पछिल्लो समय पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टी प्रतिनिधिले गरेका राम्रा कामको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिए ।

देशको शासन व्यावस्थाको सुधार, संविधान रक्षा र जनताका पक्षमा गर्नुपर्ने काममा कांग्रेसको योगदान विगतदेखि हालसम्म महत्वपूर्ण रहेको उनको भनाइ छ । “पार्टी सरकारमा हुँदा होस वा नहुँदा, जनताको हितमा हुने राम्रो काममा कांग्रेस सधैँ सकारात्मक छ । हिजोका दिनमा जस्तै भोलिका दिनमा पनि जनपक्षीय काममा पार्टी लागि रहन्छ लाग्नुपर्छ”, उनले भने।

उनले यसअघि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गर्ने अभ्यासलाई लयमा ल्याउन र कमजोर अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्न सक्षम भएको बताए । “जनताबाट प्राप्त कर जनताको हितमा खर्चिनुपर्छ भनेर बजेट विनियोजन प्रणालीमा सुधार गरिएको छ”, उनले भने, “राजस्व र वैदेशिक लगानी वृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाइ शेयर बजारलाई सुधार गर्न सक्षम भएका छौँ ।”

अहिलेको सुधारको सङ्केतलाई नियमित बनाउने हो भने देशको अर्थतन्त्र आगामी दिनमा थप बलियो बन्दै मुलुक आर्थिक समृद्धितर्फ लम्कने उनको विश्वास छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ११ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित