सामाजिक सुरक्षा भत्ताले पुल निर्माण | Khabarhub Khabarhub

सामाजिक सुरक्षा भत्ताले पुल निर्माण


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मालिका गाउँपालिका–५ मगरदाङमा एक वृद्धले सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण गरेका छन् ।

मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा सात मिटर लामो ढलान गरेको कल्भर्ट पुल निर्माण गरेकी हुन् ।

मगरदाङका स्थानीय भकबहादुर घर्तीमगरले फगामीले सरकारबाट मासिक रु चार हजारका दरले पाउने सामाजिक सुरक्षा भत्ता सङ्कलन गरेर रु पाँच लाखको लागतमा पुल निर्माण गरेको जानकारी दिए ।

दिवङ्गत श्रीमान् कलवीर फगामीको स्मृतिमा रुपीसराले निर्माण गर्नुभएको पुलको आज वडा सदस्य धनबहादुर फगामीले उद्घाटन गरे । पुल उद्घाटनका अवसरमा मगरदाङ आमा समूह र मालिका देवीस्थान बाजा समूहले रुपीसरालाई फुलमाला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

सो पुलबाट मगरदाङका करिब दुई सय ५० घरधुरी लाभान्वित भएका छन् । वर्खामा खोल्सामा बाढी आउँदा जोखिम खोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ । फजुल खर्च बचाएर श्रीमान्को नाममा विकास निर्माणमा खर्च गरी रुपीसराले उदाहरण प्रस्तुत गरेको वडा सदस्य फगामीले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ०६ बजे

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

माधव नेपाल- मैले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न सक्छु

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका