हावाहुरीले रुख ढाल्दा एक युवकको मृत्युु | Khabarhub Khabarhub

हावाहुरीले रुख ढाल्दा एक युवकको मृत्युु


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

पाल्पा – हावाहुरीका कारण रुख ढल्दा पाल्पामा एक युवकको मृत्यु भएको छ ।

तानसेन नगरपालिका –८ जरेपिपलमा दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीले रुख ढलेर लाग्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टले मृत घोषणा गरेका हुन् ।

पाल्पाबाट बुटवल जाँदै गरेको लु ८१ प ११३६ नम्वरको स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको स्थानीय दिनेश घिमिरेले बताए । उनका अनुसार ठूलो हावाहुरी लागेको र त्यसबाट जोगिन ओत लाग्दा रुख ढलेर उनलाई च्यापेको थियो ।

उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते भएका छन् । उहाँको एलएमसीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : १९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको