अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विरगञ्ज। विरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युट लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएको वताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमोध ढुंगेल नेतृत्वमा नै खटिएको प्रहरी टोलीले सो घरमा छापामारी गरेको थियो । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन । सोही घरमा चिनिया नागरिकले सञ्चालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन् । आइतबार पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा जानकारी दिइने पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ५३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव