स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले तीन तथा फेर्मिन लोपेजले एक गोल गरेका थिए । यस्तै, भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले एक–एक गोल फर्काएका थिए ।

बार्सिलोनाका लोपेजले खेलको २२ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर भ्यालेन्सियाका डुरोले २७औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ३८औँ मिनेटमा पेपेलुले गोल गर्दै भ्यालेन्सियालाई २–१ गोलले अगाडि बढाए ।

त्यसपछि खेलको ४९औँ, ८२औँ र इन्जुरी समयमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई ४–२ गोलको जित दिलाए ।

यो जितसँगै बार्सिलोना ३३ खेलबाट ७३ अंकका साथ तालिकाको दोस्रा स्थानमा उक्लिएको छ । पराजित भएको भ्यालेन्सिया ४७ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : ४४ बजे

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग