स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले तीन तथा फेर्मिन लोपेजले एक गोल गरेका थिए । यस्तै, भ्यालेन्सियाका ह्युगो डुरोपेपेलुले एक–एक गोल फर्काएका थिए ।

बार्सिलोनाका लोपेजले खेलको २२ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर भ्यालेन्सियाका डुरोले २७औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ३८औँ मिनेटमा पेपेलुले गोल गर्दै भ्यालेन्सियालाई २–१ गोलले अगाडि बढाए ।

त्यसपछि खेलको ४९औँ, ८२औँ र इन्जुरी समयमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बार्सिलोनालाई ४–२ गोलको जित दिलाए ।

यो जितसँगै बार्सिलोना ३३ खेलबाट ७३ अंकका साथ तालिकाको दोस्रा स्थानमा उक्लिएको छ । पराजित भएको भ्यालेन्सिया ४७ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : ४४ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै