ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’ « Khabarhub

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा सुहाङसहितको तस्बिर राख्दै ओलीले बधाइ दिएका हुन् । उनले सुहाङलाई विजयी गराएकोमा इलामका मतदातालाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ– कति भोटले जितिन्छ ? सुहाङ्ले भन्नु भएको थियो– इलामेली जनतालाई सोध्नु पर्छ ! आज अन्तिम परिणाम आयो– ५८३० मतान्तरले जित भयो।’

अध्यक्ष ओलीले नेकपा एमालेले नेतृत्वमा युवालाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवालाई अझ अगाडि बढाउँदै लैजाने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ४४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल