ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’ | Khabarhub Khabarhub

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा सुहाङसहितको तस्बिर राख्दै ओलीले बधाइ दिएका हुन् । उनले सुहाङलाई विजयी गराएकोमा इलामका मतदातालाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ– कति भोटले जितिन्छ ? सुहाङ्ले भन्नु भएको थियो– इलामेली जनतालाई सोध्नु पर्छ ! आज अन्तिम परिणाम आयो– ५८३० मतान्तरले जित भयो।’

अध्यक्ष ओलीले नेकपा एमालेले नेतृत्वमा युवालाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवालाई अझ अगाडि बढाउँदै लैजाने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : ४४ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये