विजयोत्सव मनाउन ओली इलाम जाँदै | Khabarhub Khabarhub

विजयोत्सव मनाउन ओली इलाम जाँदै


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजयोत्सव मनाउन उनी इलाम जान लागेका हुन् ।

आज दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना हुने विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।

इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याएका छन् । खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवा नेम्वाङका छोरा हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १० : ०३ बजे

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

काठमाडौं– इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न