अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु « Khabarhub

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मंगलबार बताएका छन् । 

गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए । ‘छ नागरिक सहिद भए र एक जना घाइते भएका छन्’, मंगलबार बिहान उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। 

सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ । घटना प्रान्तीय राजधानी हेरात सहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो । 

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको