अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु « Khabarhub

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मंगलबार बताएका छन् । 

गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए । ‘छ नागरिक सहिद भए र एक जना घाइते भएका छन्’, मंगलबार बिहान उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। 

सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ । घटना प्रान्तीय राजधानी हेरात सहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो । 

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ३९ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने