सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र  « Khabarhub

सुहाङले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङले निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् । 

उनलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले इलाम सदरमुकामा विजयी भएको प्रमाणपत्र दिएका हुन् । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले सुहाङलाई सफल कार्यकालको शुभकामना दिए । 

यादवले ‘निर्वाचन शान्तिपूर्ण र सफल रूपले सम्पन्न भएको छ । म सबै राजनीतिक दल, जनप्रतिनिधिहरूलाई धन्यवाद दिन चाहान्छु ।’ 

उनले राज्यले राम्रोसँग जिम्मेवारी पूरा गरेको समेत बताए ।

सुहाङले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्कालाई साढे ५ हजार बढी मतले पराजित गरे।

२०७९ को निर्वाचनमा खड्कालाई सुहाङकै पिता सुवास नेम्वाङले करिब डेढ सय मतले हराएका थिए । तर उनको गत भदौमा निधन भएपछि उपचुनाव भएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ५३ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच