सवारी दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नं को कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नं को स्कुटर एकआपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौँ माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय  राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौँ कलंकी बस्ने ३१ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ । 

घट्नाको अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ५९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस