तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड « Khabarhub

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ । 

आइएमएसले बिहीबार दिउँसो ४० दशमलव सात डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४० दशमलव चार डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ । 

मौसमका बावजुद इजराइलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरषामा प्रवेश गरिसकेको बताएको छ । 

प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसहरूको खचाखच थियो । 

यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : १४ बजे

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले