झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए « Khabarhub

झलनाथतिर लक्षित गर्दै ओलीले भने : इलाममा एमाले हराउन जोडतोडले लागेका थिए


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

इलाम- सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकास र समृद्धि तथा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिने बताएका छन् ।

इलाममा शनिबार भएको उपनिर्वाचनबाट विजयी नेम्वाङको विजय जुलुसमा सहभागी हुन इलाम पुगेका ओलीले पूर्वघोषणा अनुसार इलाम र सुहाङ दुवैको जिम्मा आफ्नो काँधमा छाडिदिन आग्रह गरे ।

ओलीले चुनावअघि इलामको मंगलबारेमा आयोजित प्रचार सभालाई सम्बोधनका क्रममा सुहाङलाई जिताएमा विकासको जिम्मा आफूले लिन बताएका थिए ।

चुनाव प्रचारका क्रममा बोलेको भनाइ सम्झिँदै ओलीले भने ‘इलामको विकासको जिम्मा सुहाङले लिन्छन्। सुहाङको पछि म छु, सुहाङले यहाँको जिम्मा लिनुहुन्छ, सुहाङको जिम्मा हामीले लिन्छौँ।’

ओलीले इलाम २ को उपनिर्वाचनमा एमालेलाई हराउन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लागेको जिकिर गरे ।

इलाममा सत्तारुढ नेकपा माओवादी केन्द्रले एमालेललाई सहयोग गर्दा समाजवादीले जितबहादुर राईलाई मैदानमा उतारेको थियो । तर उनले ४०८ मत मात्रै ल्याउन सके ।

२०७४ मा एमालेबाट गाउँपालिका जितेका जितबहादुरलाई उठाए पनि समाजवादीले ५०० मत पनि छुन सकेन ।

उपनिर्वाचनमा समाजवादीले सम्मानित नेता खनाललाई कमाण्डर बनाएको थियो । गृहजिल्लाको चुनावमा खनालले पनि प्रचारका क्रममा यसपटक समाजवादीले जित्ने दाबी गरेका थिए ।

उनले त्यसबेला समाजवादीले नजिते पनि केही नहुने बताउँदै एमालेले चुनाव हार्नै पर्ने पनि बताएका थिए ।

खनालको नाम नलिएका ओलीले विजय सभालाई भने, ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए।’

उनले पहिचान सबै नेपाली एकै हुन् भन्ने हुनुपर्ने ब्याख्या गरे । ‘के हो? के हो? पनि भयो होला। पहिचान भनेको के हो के हो? केलाई पहिचान भन्ने हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो’, उनले भने ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ५९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर