कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीको अडान : विश्वासको मत लिन्नँ, सत्ता छाड्नुपर्ने कुनै कारण छैन


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

विराटनगर- संवैधानिक रुपमा अल्पमतमा परिसकेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिने अडान कायमै राखेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार भेटेका उनले प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् ।

२०७९ चैत २६ गते नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की स्वत: अल्पमतमा परिसकेका छन् । तर उनले आफूले सत्ताबाट हट्नुपर्ने कुनै संवैधानिक कारण नरहेको जिकिर गरिरहेका छन् ।

संविधानत: कार्कीले अब यही वैशाख २५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

तर मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेको भन्दै विश्वासको मत लिनुनपर्ने अडानमा राखेका हुन् ।

कार्कीले विश्वासको मत नलिने अडान दोहोर्‍याएपछि अघिल्लो साता मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमार्फत् संकल्प प्रस्ताव पारित गरिसकेका छन् ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक तथा किशोरचन्द्र दुलाल र गणेशप्रसाद उप्रेती समर्थक रहेको उक्त प्रस्ताव बहुमतले पारित भइसकेको छ ।

संकल्प प्रस्ताव पारित भएपछि प्रदेश सभाले कार्कीलाई विश्वासको मत लिने निर्देशन दिएको थियो । तर, कार्कीले निर्देशन नमानी अडान छाडेका छैनन् ।

यदि उनले वैशाख २५ गतेसम्म विश्वासको मत नलिए त्यही दिन स्वत: पदमुक्त हुनेछन् । यस्तोमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखले तयारी गरेका छन्।

उक्त तयारीबारे जानकारी पाएपछि कार्की मंगलबार तीन पृष्ठको पत्रसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । उक्त पत्रमा उनले संकल्प प्रस्तावकै कारण गैरसंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई कार्कीले भनेका छन् ।

‘संविधानको धारा १६८(५) को विकल्पमा १६८(२) र १६८(३) को सरकार बन्न सक्दैन । संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशलाई प्रदेशसभाको सङ्कल्प प्रस्तावले निस्तेज बनाउन सक्दैन । मुख्यमन्त्री पदको संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुन सक्दैन’, उनले अगाडि भनेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ०८ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ