यस्तो छ चलचित्र 'पुजार सार्की' को गीत 'रिमै'  | Khabarhub Khabarhub

यस्तो छ चलचित्र ‘पुजार सार्की’ को गीत ‘रिमै’ 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मल्टिस्टारर चलचित्र ‘पुजार सार्की’ को ‘रिमै’ बोलको गीत  सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको सो गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गर्ने जनाएको छ । 

यस गीतमा चलचित्रका पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल, मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र मेघराज खत्रीको भूमिकामा रहेका पल शाह र अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूले प्रमुख स्थानमा पाएका छन् । 

अभिनेत्रीहरू बराइली र लिम्बूलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

गीतमा दिनेश राउतको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।

दिनेश राउतको निर्देशन रहेको याे चलचित्र वैशाख १० बाट प्रदर्शनमा आउँदै छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस चलचित्रको निर्माता सुवास भुसाल हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : १५ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह