रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने « Khabarhub

रेडियो नेपाल र नेपाल टेलिभिजनसँगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनसंगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिने बताएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको छलफलका क्रममा उनले तीन वटै सञ्चारमाध्यमलाई एकीकृत गर्न संशोधन प्रस्ताव समेत आएको अवस्थामा त्यसलाई समितिले स्वीकार गरे कुनै समस्या नहुने बताएकी हुन् ।

उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सरकारले प्रस्तुत गरेको विधेयकले सार्वजनिक सेवा प्रसारणलाई नै जोड दिएको बताइन् । डिजिटल प्लेटफर्मका अन्य सञ्चारमाध्यमलाई समेट्ने अलग्गै कानूनहरु रहेको अवस्थामा सार्वजनिक सेवा प्रसारणकै दृष्टिकोणबाट ल्याइएको विधेयकलाई सोही अनुसार नै अघि बढाउनुपर्नेमा जोड दिइन् ।

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारण र सार्वजनिक सेवा मिडियामा विधेयक स्पष्ट हुनुपर्ने धारणा राखेका थिए । मन्त्री शर्माले भने सार्वजनिक सेवा प्रसारण नाममा विधेयक आएकाले यसलाई सरकारले परिमार्जन गर्न नसक्ने स्पष्ट पारिन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ३८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा