चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी « Khabarhub

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना र भारी वर्षाको पूर्वानुमानसहित सुन्तला मौसमी चेतावनी जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मंगलबार बिहानदेखि बुधबार बिहानसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही भागमा आँधीबेहरीसहित असिना पर्नेछ । प्रतिघन्टा ८० मिलिमिटरभन्दा बढीको वर्षाले जियाङ्सी, फुजियान र गुआङडोङका केही भागमा असर पार्ने केन्द्रले जनाएको छ ।

जनतालाई बाहिरी कामकाजमा सजगता अपनाउन सल्लाह दिइएको छ । स्थानीय अधिकारीहरूलाई आपत्कालीन उद्धार प्रयासका लागि तयार रहन आग्रह गरिएको छ । केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ ।  

चीनले मौसमी चेतावनीका लागि तीन–स्तरीय रङ–कोडित मौसम चेतावनी प्रणाली लागू गर्छ । यसमा सुन्तलाले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । त्यसपछि पहेँलो र नीलो हुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ५८ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा