काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि « Khabarhub

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य उदेश्यका साथ काठमाडौं महानगरपालिकाले भोलिदेखि ‘सीप मेला’ आयोजना गर्ने भएको छ । 

महानगरले भोलि बुधबारदेखि टुँडिखेलमा एक महिना उक्त मेला गर्ने भएको हो । 

एक महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने भएको हो । यसरी तालिम प्राप्त सबैलाई रोजगार, स्वरोजगार तथा ओजेटी (अन द जब ट्रेनिङ) को सुनिश्चित गर्ने भएको छ । 

रोजगारदाता सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दात्रु निकाय, शैक्षिक क्षेत्र र तालिम प्रदायक संघसंस्था , सामाजिक क्षेत्र सबैले सहकार्य गर्नेछन् ।

बजारमा सीपयुक्त जनशक्तिको अभाव छ । अर्को युवाहरूमा योग्यता अनुसार रोजगार नपाएको गुनासो छ । रोजगारदाताको आवश्यकता अनुसार सीपमेला को आयोजना हुने भएको हो । 

सीप विकासका लागि महानगरले सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत तालिम सञ्चालन भएको छ । अर्को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमका लागि ३४ भन्दा धेरै तालिम छन् ।

त्यस्तै साइबर सेक्युरिटीमा चार हजारलाई तालिम दिइदैछ । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिलाई रोजगारदाताहरुसँग सम्पर्क गराउने सीपमेलाको मुख्य उद्देश्य हो । 

मेलामा अटो मोबाइल, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चरल, गार्मेन्टस्, ब्युटिसियन, डिजाइनिङ र पुरोहितसँम्बन्धी विधामा प्रशिक्षण हुनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : १५ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली