आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ « Khabarhub

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । 

अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन् । शिशुका बाबु भने पत्ता नलागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाइएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई सोमबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार अस्मिताले शिशु जन्माएर हत्या गरी फ्यालेको जानकारी उनले दिएकी छन् । पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी उनले छोरा जन्माएर हत्या गरेको प्रहरीको भनाइ छ । 

डीएसपी बस्नेतका अनुसार घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको खुलेको छ। त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको उनले भनाइ छ । 

जन्माएर शिशुको हत्या गरी घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए । सोधपुछ गर्ने क्रममा जन्माएर शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 तत्कालै घटनास्थल पुगेको प्रहरीले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको हो । कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको डीएसपी बस्नेतले बताएका छन्। 

उनका अनुसार सुत्केरी अवस्थाकी अस्मितालाई नियन्त्रणमा लिएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अस्मिताको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : १९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण