रुस-युक्रेन युद्धले पश्चिमका देशमा थपिएको चुनौती | Khabarhub Khabarhub

रुस-युक्रेन युद्धले पश्चिमका देशमा थपिएको चुनौती


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गर्मी महिना सुरु भएको छ। त्यत्तिकै पनि जनजीवन कठिन छ। उत्तर पूर्वी युक्रेनको रुसको सिमासँगैको खार्किभ क्षेत्रको पीडा त अझ वर्णन गर्न नै नसकिने किसिमको छ। रुसले गरेको हवाई आक्रमण सहन उनीहरूलाई एकदमै कठिन भएको छ। शनिवार साँझ प्रहार गरिएका दुई बमले सुपर स्टोर र गार्डेन सेन्टरलाई ध्वस्त नै पारेको थियो। त्यहाँ मानिसको भीड थियो।

कालो धुवा मडारिरहेको थियो। भवन जलिरहेका थिए। आफ्नो ठुलो धनराशिको लगानी स्वाहा भएपछि धेरै जना अत्तालिएका थिए। ‘रसियनहरू यहाँ सबै कुरा बालेर सिद्ध्याउन चाहन्छन्। तर, हामी तत्काल हरेस खाँदैनौ,’ डिपार्टमेन्टल स्टोरका साहुले भने।

गर्मी याम सुरु भएका कारण धेरै जना त्यहाँ घुम्न गएका थिए। बगैँचामा उनीहरू रमाइरहेका थिए। बगैँचामा रहेका उनीहरूकै लागि डिपार्टमेन्ट स्टोरमा ठिक्क पारेर राखिएको नर्सरीका विरुवा समेत थिए।

डिपार्टमेन्ट स्टोरका साहु एन्द्रीसँग मोबाइलमा त्यहाँ आक्रमण हुनु अगाडिका फोटोहरू सुरक्षित छन्। रुसी आक्रमण भएको त्यो सुन्दर बगैँचामा कोही पनि सेना थिएनन्, सबै सर्वसाधारण थिए। दर्जनौँ घाइते भएको सो आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको छ।

रुसी आक्रमण भएको त्यो सुन्दर बगैँचामा कोही पनि सेना थिएनन्, सबै सर्वसाधारण थिए। दर्जनौँ घाइते भएको सो आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको छ।

कुनै पनि युद्धकालीन समयमा सर्वसाधारणको चासो र ध्यान आफ्नो ज्यान लामो समयसम्म जोगाउनु नै हो।

सहरको केन्द्रमा रहेको चोकमा ती गार्डेन थिए। मानिस साँझको समयमा कुकुर घुमाउन हिँडेका थिए। कुनै जोडी दिनभरको कामको तनाव हटाउन इभिनिङ वाकमा थिए।

आक्रमण भएर धुवाको मुस्लो उडेको समयमा खार्किभमा धेरैलाई यसको बारे अत्तोपत्तो थिएन। एकाएक साइरन बज्न थालेको थियो भने मोबाइलले पनि अलर्ट गराउन थालेको थियो।

ओपेरा हाउसको सिँढीको आसपासमा युवक स्केटिङ अभ्यास गरिरहेका थिए भने युवती टिकटकमा भिडियो अपलोड गरिरहेका थिए। बेसमेन्ट भित्र कतै गीत बजी रहेको थियो। त्यहाँ कन्सर्ट कै अभ्यास पनि थियो।

अहिलेको यो विरक्त लाग्दो अवस्थाले रुसले युद्ध छेडेको केही महिनाको पछिको भन्दा पनि खराब अवस्थालाई झस्काएको छ। उत्तर पूर्वमा भएका अन्य धेरै आक्रमणसँगै त्यो आक्रमण भएको हो। खेर्सनमा पनि रुसी आक्रमण बढी रहेको छ। यी सहरको आफूलाई सुरक्षित गर्ने क्षमता पश्चिमा देशको सहयोगमा नै निर्भर रहने छ।

युद्धका अन्य धेरै कुरा निर्भर रहने विषय भनेको युद्ध मैदानका अवस्था सही ढङ्गले बुझ्ने र त्यस अनुसार चल्ने रुसी क्षमता नै हो। अहिले युक्रेनको हवाई युद्धमा कमजोर रहेको क्षेत्रलाई नै रुसले युद्ध गरेको छ। पश्चिमा देशले युक्रेनलाई पठाइ रहेको हतियार भन्दा धेरै परिष्कृत तहका हतियार अहिले रुसले बनाइरहेको छ। यसै कारण रुस बढी आक्रामक भएको हो। युद्धको सुरुवातमा छोटो समयमा युक्रेन हार्ने लक्षण देखिएको थियो।

खेर्सनमा पनि रुसी आक्रमण बढी रहेको छ। यी सहरको आफूलाई सुरक्षित गर्ने क्षमता पश्चिमा देशको सहयोगमा नै निर्भर रहने छ।

युद्धको दोस्रो वर्ष प्रवेश गर्ने समयमा युक्रेन हाबी हुने लक्षण देखिएको थियो। युद्ध तेस्रो वर्षमा प्रवेश गरेको समयमा आइपुग्दा अझ लामो समय यो युद्ध अघि बढ्ने लक्षण देखिएको छ।

सन् २०२२ को फेब्रुअरीमा नै रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले एकदमै छोटो समयमा जीत हात पार्ने अपेक्षा गरेका थिए। अमेरिकी नेतृत्वको नाटोको प्रयासमा भालाडोमिर जेलेन्सकीले पनि प्रतिकार गरीरहे। लगातार पेन्टागन र क्रेमलिनले सन् २०१४ देखि यो युद्धरत अवस्थाको अन्त्य हुने अवस्थाको कुरा गरिरहेका छन्।

सन् २०१४ मा क्रेमियाको प्रायद्वीपमा भएको त्यो घटना यता युक्रेनले आफूलाई धेरै सुधार गरी सकेको थियो। त्यसको असर सिरियाको युद्धमा देखिएको हो। पश्चिमाहरू अघि बढे पनि आणविक हतियारको प्रयोग गर्ने डर पनि देखिएको थियो। त्यो डर हटेर विस्तारै जेलेन्सकी विजयी हुने आसमा अघि बढेका थिए।

त्यसपछि विस्तारै सोचे भन्दा फरक भएको थियो। परिमार्जित हतियारमा रुसकै उत्पादनले जित्न थालेको थियो। सधैँ नयाँ हतियार पठाइ रहन पश्चिमा देशलाई कठिनाइको महसुस हुन थालिसकेको थियो। अमेरिकाले बनाएको एफ–१६ युक्रेन पुगेको थियो। हवाई आक्रमणका लागि त्यो भन्दा भरपर्दा हतियार रुसले निर्माण गर्न लागेको थियो।

आणविक हतियार रुसले प्रयोग गर्ने कुरामा उसका निकटस्थ भने सधैँ ढुक्क रहे। पूर्वी एसियासँगको प्रतिस्पर्धामा आणविक हतियारमा अग्रणी भएर बस्ने रुसको योजना रहेको छ। जापान र दक्षिण कोरिया रुससँग प्रतिस्पर्धा गर्नका लागि अहिले नै आफूलाई तयार गर्न चाहन्छन्। खासमा यी दुवै देशको चाहना र आकाङ्क्षा रुससँग प्रतिस्पर्धा गर्ने हो।

गएको गृष्म ऋतुमा पश्चिमबाट धेरै हतियार पठाइएका थिए। त्यो कदमको उद्देश्य डोनबास र त्रिमियाको बिचमा रहेको रुसका क्षेत्रलाई क्षतविक्षत बनाउने थियो। यो योजना पनि विस्तारै असफल भएको थियो।

आणविक हतियार रुसले प्रयोग गर्ने कुरामा उसका निकटस्थ भने सधैँ ढुक्क रहे। पूर्वी एसियासँगको प्रतिस्पर्धामा आणविक हतियारमा अग्रणी भएर बस्ने रुसको योजना रहेको छ। जापान र दक्षिण कोरिया रुससँग प्रतिस्पर्धा गर्नका लागि अहिले नै आफूलाई तयार गर्न चाहन्छन्।

रुसले आफ्नो डिफेन्सलाई बलियो बनाएको थियो। अर्कोतर्फ अमेरिकाको आन्तरिक राजनीतिमा ट्रम्पका समर्थकले युक्रेनलाई गरेको सहयोगका कारण अमेरिकाले क्षति सहेको मुद्दा उठाइ रहेका छन्।

अहिले धेरै पश्चिमा नेता रुसले आफूले हतियार निर्माण गरेका कारण अप्ठेरो भएको बताउन थालेका छन्। रुसको जनसङ्ख्या युक्रेनको भन्दा तीन गुणा भन्दा पनि धेरै छ। सुरुमा पश्चिमा देशले गरेको आक्रमणका कारण समस्यामा परेको रुसले ग्यास र तेलको नयाँ बजार खोजेको छ।

रुसले इरानसँग ड्रोन किनेको छ भने उत्तर कोरिया र चीनबाट गोला बारुद किनेको छ। चीनबाट आउने मेसिनरीले रुसलाई धेरै सहयोग भएको छ।

युर्सचेनकोभमा रहेकी भिका पिस्ना अहिले आफू असुरक्षित महसुस गर्छिन्। उनी युद्ध सुरु भएको एक वर्ष देखि त्यहाँ मनो चिकित्सामा व्यस्त प्रोलिस्का समूहको एक सदस्य हुन्।
त्यहाँ एउटा किन्डर गार्डेन छ। त्यो पनि अहिले रित्तिएको छ। त्यस किन्डर गार्डेन मात्र होइन अहिले धरै यस्ता स्थान रित्तिएका छन्। सीमा क्षेत्र त्रास र भयले आक्रान्त छ। किन्डर गार्डेन पनि अहिले आक्रमणमा परीसकेको छ।

१० मेका दिन रुसी सेना सीमा पार गरेको थियो। सीमा पारसँगै रुसी सेना खार्किभ र खार्सेनमा अझ बढी आक्रामक भएको हो। युक्रेनले आफ्नो नागरिकको हत्या गरीरहेको कारण आफ्नो नागरिकलाई सुरक्षित गराउन यो कदम चालिएको दाबी पुटिनको छ।

२३ मेका दिन त्यहीँ नजिक रहेको प्रिन्टिङ प्रेसमा आक्रमण भएको थियो। त्यसको एक घण्टा पनि ब्यागमा पोको पारेर ७ वटा शव निकालिएको दृश्य युक्रेनका लागि अत्यन्त दुखद हो। रुसी क्षेत्रबाट प्रहार गरेको मिसाइल त्यस क्षेत्रमा पुग्न ४० सेकेन्डको समय लाग्छ। यसलाई निस्तेज पार्न पेट्रोयट एयर डिफेन्स आवश्यक पर्छ। यस डिफेन्सको श्रोत युक्रेनसँग छैन।

प्रिन्टिङ प्रेसमा भएको आक्रमणमा परेर घाइते भएकी ओलेना लुपाकको शरीर पुरै डढेको छ। त्यसका बाबजुद उनी ज्यान बचेकामा नै खुसी छन्। उनी रुसले नागरिक माथि गरेको आक्रमणमा दुख व्यक्त गरेकी छन्। उनी अहिले अमेरिका र जर्मनी लगायत देशले सहयोग गरे पनि युक्रेन आफै कमजोर बनेको गुनासो गर्छिन्।

युद्ध तेस्रो वर्षमा प्रवेश गरेको छ। यसरी तेस्रो वर्षमा प्रवेश गरेको समयमा अहिले धेरै समस्या देखिएको छ। दुवै तर्फका जनधानको क्षति भएको छ। तथापि अहिलेको मूल समस्या भनेको युक्रेन आफै हतियार निर्माण गर्न सकेको छैन। रुस यस सवालमा धेरे अघि बढेको छ। इरान र चीनको सहयोग त रुसलाई छदै छ। नाटो र पश्चिमा देशका लागि एउटा नयाँ चुनौती समेत सृजना भएको छ।

तथापि पश्चिमा देशका धेरै जनाको मत यो छकी युक्रेनलाई अप्ठेरो परेको हो। तर हार्ने पक्षमा छैन। मे महिना रुसको पक्षमा हो। सायद नाटो र युक्रेन निकट शक्तिले सहयोगका बारे थप निर्णय गर्न सक्ने छन्। स्रोत : बिबिसी

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ८ : ५८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः