भीमफेदी कार दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो « Khabarhub

भीमफेदी कार दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको हो । नेपालीलाई उपचारका लागि बुधबार राति हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका उनले बताए। 

 दुर्घटनामा परी मृत्यु भएका कारका चालक काठमाडौँ चन्द्रगिरि नगरपालिका–१ दहचोक बस्ने ६१ वर्षीय सानु परियार रहेको प्रवक्ता भण्डारीले जानकारी दिए। उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६च ९३७९ नम्बरको कार बुधबार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका-८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए ।

 कार सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १ : ४४ बजे

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क

कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ सुरु

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा