वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम  « Khabarhub

वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम 


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो ।

भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरी छायांकन सुरु भएको लेखक एवं नायक दीपकराज गिरीले खबरहबलाई जानकारी दिए । 

दीपकराजका अनुसार टिमले यो पटक राजनीतिबाट टाढा रहेर सामाजिक कथामा फिल्म बनाउन लागेको छ । ४५ दिनको छायांकनको काम सक्ने उनीहरुको लक्ष्य रहेको छ । 

यो फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ । फिल्ममा अहिलेसम्म दीपकराज, केदार घिमिरे र सिवाकोटी पक्का भएका छन् । अन्य कलाकारका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बुझिएको छ । 

दीपाश्री निरौलाको निर्देशन रहने यो फिल्म प्रदर्शन मिति असोज २४ गते फुलपातीलाई तोकिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  २ : ४४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर