खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी « Khabarhub

खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री सोडारी


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ मा खेलकुद क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन्।

गोजुरियो कराते दो सङ्घ सुदूरपश्चिमद्वारा आज धनगढीमा आयोजित मुख्यमन्त्री कप १०औँ इन्डो नेपाल च्याम्पियनसिपको उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीले पूर्वाधार अभावमा खेलाडीलाई समस्या भएकाले प्रदेश सरकारले भौतिक संरचना निर्माणमा ध्यान दिएर आवश्यक बजेट विनियोजन गर्ने बताए ।

उनले सुदूरपश्चिम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका थुप्रै खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे। 

मुख्यमन्त्री सोडारीले भने, ‘खेलकुद क्षेत्रमा सुदूरपश्चिम प्रदेशले फड्को मार्दै गएको छ । त्यसैले प्रदेश सरकारले बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्ने छ ।’ उनले प्रदेश सरकारको बजेट सीमित भए पनि खेलाडीको हौसला बढाउने किसिमले बजेट विनियोजन गरिने बताए । सुदूरपश्चिम प्रदेशलाई खेलकुदको हब बनाउन तीनै तहका सरकारले विशेष चासो राख्नुपर्ने मुख्यमन्त्री सोडारीले बताए । 

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छिमेकी मुलुक भारत तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका खेलाडी सहभागी छन् ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  २ : ५९ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा